सबै राष्ट्रसेवक कर्मचारीहरुको हक हितमा काम गर्न सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी – Nepal Press

सबै राष्ट्रसेवक कर्मचारीहरुको हक हितमा काम गर्न सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं नेपाल सरकारका नवनियुक्त मन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले राष्ट्रसेवक सबै कर्मचारीको समस्याहरु समाधान गर्न प्रयास गर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिति, काठमाडौंले आज बिहीबार नवनियुक्त नेपाल सरकारका मन्त्रीहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको उक्त कार्यक्रममा उनले निजामती संगठनमा आवद्ध चालीस हजार सदस्यलाई मात्र नभएर समग्र राष्ट्रसेवक कर्मचारीको हक हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आफूहरु नयाँ जनादेशबाट निर्वाचित भएर आएको र देशलाई नयाँ गतिमा डो¥याउने संकल्प रहेको उल्लेख गरे । मन्त्री भण्डारीले कर्मचारीपनि सरकारकै अंग भएकोले देश र जनताको हितमा काम गर्न सबैलाई अपिल गरे ।

उक्त कार्यक्रममा नेपाल कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले निजामती ऐनलाई छिटोभन्दा छिटो पारित गरेर कर्मचारीहरुको समस्याहरु सम्बोधन गरिदिन नवनियुक्त मन्त्रीहरुलाई अपिल गरे । उक्त अवसरमा अर्का नवनियुक्त मन्त्री राजेन्द्र कुमार राईले पनि आफ्ना मन्तव्यहरु राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर