रुसमा पुगेर प्रहरीले बाहिर निस्कन नदिएपछि थाहा भयो- भिषा नक्कली रहेछ – Nepal Press

रुसमा पुगेर प्रहरीले बाहिर निस्कन नदिएपछि थाहा भयो- भिषा नक्कली रहेछ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार आरोपमा पक्राउ परेका दुईजना मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दाङका ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोकका २३ वर्षीय रुपेश ढकाललाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतको वुधबारको आदेशले उनिहरु थुनामा पठाइएका हुन् । प्रहरीका अनुसार चौधरी र ढकालसहितको समूहले केही नेपालीलाई रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने भन्दै भारतको पहाडगन्जमा पुर्याएर अलपत्र पारेका थिए ।

भारतबाट बाहिर जान नसकेपछि स्वदेश फर्किएकाहरुले आफूले दिएको पैसा मागेपछि उनीहरुलाई फेरी पोर्चुगल पठाई दिने प्रलोभन दिइएको ब्यूरोको दाबी छ । ब्युरोका अनुसार गिरोहले पीडितलाई काठमाडौंबाट दुबई हुँदै रुससम्म पुर्याएका थिए ।

तर रुसको अध्यागमनमा खटिएको प्रहरीले भिषा नक्कली भन्दै इन्ट्रि रिफ्युज गरेपछि पीडितहरु आफुहरुलाई फेरी झुक्याइएको निष्कर्षमा पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर