सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन तयार छु : महान्यायाधिवक्ता पोखरेल – Nepal Press

सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन तयार छु : महान्यायाधिवक्ता पोखरेल

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन आफु तत्पर रहेको बताएका छन् ।

बिहीबार रामशाहपथस्थीत कार्यालयमा पदभार सम्हाल्दै महान्यायाधिवक्ता पोखरेलले संविधानको म्यान्डेडभित्र रहेको सरकारी वकिलसम्बन्धी छुट्टै कानून निर्माणका लागि आफू तत्पर रहेको बताएका हुन् । सरकारी वकिलसम्बन्धी छुट्टै सेवासुविधा सम्बन्धी ऐन आए कार्यसम्पादन पनि प्रभावकारी हुने उनको भनाइ छ ।

पोखरेलले पेशालाई थप व्यवसायिक बनाउनका लागि महान्यायाधिवक्ता कार्यालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने धारणा राखे । उनले आफूले पुराना कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरुलाई पनि प्राथमिकताका साथ अघि सार्ने बताए । यसअघिका महान्यााधिवक्ताले गरेको राम्रा कामलाई आफूले अंगिकार गर्ने उनको भनाइ छ ।

त्यसअघि बिहीबार नै नवनियुक्त महान्यायाधिवक्ता पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयता शपथ गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर