तरलता सकस टार्न ५० अर्ब बजारमा छोड्दै राष्ट्र बैंक – Nepal Press

तरलता सकस टार्न ५० अर्ब बजारमा छोड्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ ।

साधारण प्रकृतिको ४५ दिनको रिपोमार्फत तरलता बैंकिङ प्रणालीमा पठाउन लागिएको हो । माघ २९ गते रिपो परिपक्व हुनेछ ।

पुसमा तरलता अभाव झनै चलिन सक्ने अभिव्यक्ति गभर्नर महाप्रसाद अधिकारीले दिँदै आएका छन् ।

पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा प्रणालीबाट ठुलो रकम सरकारको कोषमा जाने भएकाले तरलतामा थप दबाब पर्नेछ ।

यता राष्ट्र बैंकले पुनर्कर्जा नवीकरण नगर्दा यसले पनि तरलतामा समस्या देखिने भएकाले केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि रिपो मार्फत बजारमा तरलता पठाउन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर