नेपाल टी-२० : पोखराको लगातार चौथो हार विराटनगरको पहिलो जित – Nepal Press

नेपाल टी-२० : पोखराको लगातार चौथो हार विराटनगरको पहिलो जित

काठमाडौं । हुसेन टलतको अर्धसतकमा पाखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर सुपर किङसले जारी नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पोखरा भने लगातार चौथो खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १ सय ४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

विराटनगरको जितमा हुुसेन तलतले अविजित अर्धसतकिय इनिङ खेले । उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाए । ओपनर अर्जुन साउद २२ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाएर आउट हुँदा कप्तान आन्द्रे माकार्थी ३३ बलमा १ चौकासहित २१ रन बनाउन सफ भए ।

पृथु बास्कोटा १५ रनमा आउट हुँदा विवेक यादव १४ रनमा अविजित रहे ।

पोखराको बलिङमा कुशल मल्ल र सरद भेषावकरले समान दुई विकेट लिए । कुशलले ४ ओभरमा २१ रन अर्चिए । भने, सरदले २ ओभरमा १२ रन खर्चिएका थिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।

पोखराको ब्याटिङमा कुशल मल्ले सबैभन्दा धेरै ३७ रनको योगदान गरे । उनले १८ बल खेल्दै समान तीन चौका र छक्का प्रहार गरे ।
ओपनर सुमित महर्जन ९ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए । आसिफ शेख १० रनमा आउट हुँदा कप्तान उपुल थरंगाले २८ बलमा १९ रन मात्रै बनाएर पभेलियन फर्किएका थिए ।

सिद्दान्त लोहनी १९ बलमा तीन चौकासहित २६ रन जोडेर आउट हुँदा प्रतिस जिसी ११ रनमा अविजित रहे । त्यो बाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका हुसेन टलत र राज ननन्ले समान दुई विकेट लिए । नन्दन यादव, रजिन ढकाल, कप्तान आन्द्रे माकर्थी र साहब आलमले समान एक विकेट लिए ।

पहिलो खेलमा जनकपुर रोयल्ससँग ५ विकेटले पराजित भएको विराटनगर दोस्रो खेलमा लुम्बिनी अलस्टार्ससँग दुई रनले पराजित भएको थियो ।

पोखरा पहिलो खेलमा काठमाडौं नाइट्स, दोस्रोमा जनकपुर रायल्स र तेस्रो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर