शेयर बजारमा ट्रेडर हावी, नेप्से ११.८१ अंकले घट्यो – Nepal Press

शेयर बजारमा ट्रेडर हावी, नेप्से ११.८१ अंकले घट्यो

काठमाडौ । नयाँ सरकार गठनसँगै २ दिन बढेको बजार तेस्रो दिन बुधबार ट्रेडर हावी हुँदा सामान्य प्रभावित भएको छ । यस दिन नेप्से सूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा अडिएको छ ।

२ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै अर्को तीनवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ ।

दुई दिनमै बजार करिब ११६ अंकले बढेको थियो । बजार बढेपछि नाफा बुक गर्न ट्रेडरहरु हावी हुँदा बजारमा केही करेक्सन आएको हो ।

बुधबार २५७ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर कारोबार भएको छ । ८ करोड ८५ लाख रुपैयाँसहित कारोबार रकममा नबिल बैंक अगाडि छ ।

यसैगरी दोस्रोमा रिडी पावर कम्पनी र तेस्रोमा अपर तामाकोसी हाइड्रोपावर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर