पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज (भिडिओ) – Nepal Press

पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज (भिडिओ)

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमा दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजी शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतको अडियो तथा भिडयो उत्कृष्ट बनेको आभास हुन्छ ।

सिनेमाको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निक्कै अपेक्षा राखेको छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकिय सिनेमा हो ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर