राष्ट्र बैंकका सञ्चालक सदस्यदेखि गभर्नरसम्मले गत आवमा कति बुझे तलब र भत्ता ? – Nepal Press

राष्ट्र बैंकका सञ्चालक सदस्यदेखि गभर्नरसम्मले गत आवमा कति बुझे तलब र भत्ता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीले सञ्चालक समितिको बैठक भत्ताबापत एक आर्थिक वर्षमा (२०७८/७९ ) ७ लाख ४३ हजार ४२५ रूपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा मरासिनी अर्थसचिव भएको बेला राष्ट्र बैंकबाट सो रकम भत्ता तथा अन्य सेवा सुविधाको रूपमा लिएको उल्लेख छ ।

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयका सचिव पनि रहने व्यवस्था छ । बोर्ड बैठकमा प्रतिबैठक ९ हजार भुक्तानी दिँदै आएकोमा मंसिर १ बाट यसलाई ५ हजारमा झारिएको छ । मरासिनीले बैठकभत्ताबापत २ लाख ५८ हजार र अन्य सेवा सुविधाबापत ४ लाख ८५ हजार ४२५ रूपैयाँ बुझेको देखिन्छ ।

यता गर्भनर महाप्रसाद अधिकारीले पनि गत आवमा तलब, बैठक भत्ता र विभिन्न सेवा सुविधा बापत ४९ लाख ५ हजार २ सय ५५ रूपैयाँ लिएको देखिन्छ । अधिकारीले तलबबापत १४ लाख १८ हजार ४ सय, बोर्ड बैठक भत्ताबापत ३ लाख ५ हजार रूपैयाँ र अन्य सेवा सुविधाको रूपमा ३१ लाख ८१ हजार ८५५ रूपैयाँ बुझेका छन् ।

डेपुटी गर्भनर डा. निलम ढुंगानाले एक वर्षमा १२ लाख ६९ हजार ६ सय तलब बुझेकी छन् । बैठकभत्ताबापत २ लाख ९३ हजार बुझेकी छन् भने अन्य सेवा सुविधाको रूपमा २७ लाख १७ हजार ५ सय १३ रूपैयाँ लिएकी छन् । यता अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलबबापत १२ लाख ६९ हजार ६ सय, बैठक भत्ताबापत २ लाख ९६ हजार र अन्य सेवा सुविधामा २६ लाख ३६ हजार ४ सय १७ रूपैयाँ बुझेका छन् ।

गभर्नर, दुई डेपुटी गभर्नर र अन्य सञ्चालक समितिमा सदस्य गरी १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ तलब भत्ता लिएको केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर