साढे २ घण्टापछि प्रचण्ड निवासबाट बाहिरिँदै ओलीले भने- समसामयिक विषयमा कुरा भयो – Nepal Press

साढे २ घण्टापछि प्रचण्ड निवासबाट बाहिरिँदै ओलीले भने- समसामयिक विषयमा कुरा भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिएका छन्।

साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिएका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ ।

प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए।

दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ।

यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।

सरकार पहिलो चरणमा गरेको जनतालाई सेवा प्रभाव र सुशासन सन्दर्भमा गरेको निर्णयलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्ले बताए।

भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुने उनले बताए।

उनले मन्त्रालय भागबण्डाको विषयमा सामान्य छलफल भएपनि भोलिबाटै मात्रै औपचारिकता पाउने उनको भनाइ छ।

माधव नेपाललाई सरकारमा ल्याउने प्रधानमन्त्रीले पहल थालेपछि सकारात्मक रूपमा प्रक्रिया अघि बढेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर