सेयर बजारमा उछाल जारी : तीन कम्पनीको सेयरमा सर्किट – Nepal Press

सेयर बजारमा उछाल जारी : तीन कम्पनीको सेयरमा सर्किट

काठमाडौं । आज पनि बिहानैदेखि सेयर बजारमा उछाल आएको छ ।

बुधबार एक बजेसम्ममा ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागिसकेको छ । सेन्ट्रल फाइनान्स कम्पनी, प्रभुलाइफ इन्सुरेन्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढिसकेको छ । सृजनशील लघुवित्त वित्तीय संस्थाको पनि सेयर मूल्य सर्किट लेभलमा पुगेको छ । यतिबेलासम्म सेयर बजारमा १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से परिसूचक १९९३.१६ विन्दुमा छ । अहिलेसम्म समग्र बजार ९.२० विन्दुले बढेको छ ।

बजारमा हरियाली देखिएसँगै लगानीकर्ता उत्साहित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर