नयाँ सरकार गठनलगत्तै चीनले खुलायो रसुवागढी नाका – Nepal Press

नयाँ सरकार गठनलगत्तै चीनले खुलायो रसुवागढी नाका

काठमाडौं ।  नयाँ सरकार गठनलगत्तै रसुवागढी-केरुङनाका  दुईतर्फी रुपमा सुचारु भएको छ ।

कोरोना महामारीलाई देखाएर लामोसमयदेखि बन्द रहेको रसुवागढी-केरुङनाका आजबाट दुईतर्फी सूचारु भएको हो ।

केरुङ रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको चिनियाँ दूतावासले जानकारी दिएको छ । कोरोना महामारीका कारण यो नाका २०७६ अन्तिमतिरबाट बन्द थियो ।

नेपाली सामानले भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका दूतावाासले जनाएको छ । नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन रहेको समेत उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर