जसपा दलको नेता छान्न आज मतदान, को-को छन् दाबेदार ? – Nepal Press

जसपा दलको नेता छान्न आज मतदान, को-को छन् दाबेदार ?

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता छान्ने भएको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ ।

बिहान ११—१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

आज दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान गरी त्यसपछि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी छ ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादव जनमतका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

संघीय परिषद्का अध्यक्ष अशोक राई, राज किशोर यादव र रामसहायप्रसाद यादव दलको नेतामा प्रमुख दाबेदार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर