फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ बेपत्ता – Nepal Press

फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ बेपत्ता

मनिला । भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् ।

पीडितमध्ये अधिकांश माझी भएका हुन सक्ने देशको विपद् व्यवस्थापन परिषद्लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन् ।

बेपत्ता भएका माझीहरू खराब मौसमसँग सम्बन्धित खतराहरूको बाबजुद समुद्रमा गएका प्रकोप निकायले जनाएको छ । बेपत्ताको खोजी कार्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *