बागलुङ केन्द्रबिन्दु भएर तीन पटक भूकम्प – Nepal Press

बागलुङ केन्द्रबिन्दु भएर तीन पटक भूकम्प

काठमाडौं । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रबिन्दु भई तीन पटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ ।

नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर