धितोपत्र सम्बन्धी नीति जनताको हित हेरेर मात्रै बन्छन् : अध्यक्ष हमाल – Nepal Press

धितोपत्र सम्बन्धी नीति जनताको हित हेरेर मात्रै बन्छन् : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र सम्बन्धी नीतिको तर्जुमा जनताको हित हेरेर मात्रै गरिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न मंगलबार बोर्डमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन् ।

जनाताले परिर्वतन महसुस गर्नेगरी धितोपत्र सम्बन्धि नीति निमार्ण गर्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको हमालको भनाई थियो ।

‘जनाताले परिर्वतन महसुस गर्नेगरी धितोपत्र सम्बन्धि नीति निमार्ण गर्नु नै मेरो प्रमुख उद्देश्य हो,’ अध्यक्ष हमालले भने ‘काम गर्दै जाँदा हुनसक्ने प्रक्रियागत गल्तीमा सचेत गराउन म सबैलाई आग्रह गर्छु ।’ गलत उद्देश्य र नियत राखेर आफू कहिल्यै अघि नबढ्ने पनि हमालले प्रष्ट्याए ।

बोर्डको नेतृत्वमा आएपछि वित्तीय साक्षरता धेरै काम गर्नु पर्ने देखिएको पनि उनले बताए । वित्तिय साक्षरताका लागि उपयुक्त नीति र बजेटका लागि बोर्डले गृहकार्य गरिरहेको पनि उनले प्रष्ट्याए ।

वित्तीय साक्षरताका लागि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि अनिवर्या भएको भन्दै उनले बदलिदो प्रविधि र विश्व आयमसंग अनुकुल हुनेगरी आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नेबारे बोर्डले तयारी थालेको पनि जानकारी दिए ।

कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले अर्थतन्त्र विकासमा आर्थिक पत्रकारहरूले खबरदारी गरिरहेको बताए । ‘जिम्मेवार स्थानमा बसेका नियामक निकायहरूले गर्ने राम्रा कामको प्रचार गर्दै नकरात्मक र गैह्रकानूनी काम गरेमा निरुत्साहित गर्ने भूमिकामा आर्थिक पत्रकार छन्,’ अध्यक्ष ढकालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर