हेटौँडामा व्यायाम गर्ने क्रममा लडेर राष्ट्रिय अनुसन्धानका सूचकको मृत्यु – Nepal Press

हेटौँडामा व्यायाम गर्ने क्रममा लडेर राष्ट्रिय अनुसन्धानका सूचकको मृत्यु

हेटौँडा । शारिरिक व्यायाम गर्ने क्रममा लडेर घाइते भएका राष्ट्रिय अनुसन्धानका एक सूचकको मृत्यु भएको छ । शारिरिक व्यायाम गर्ने क्रममा एक्कासी लडेर बेहोस हुँदा उपचारको लागि हेटौँडाको सहकारी अस्पताल लगिएकोमा उनको मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मकवानपुरको हेटौंडा २ मा राष्ट्रिय अनुसन्धानको ईन्टलिजेन्ट शिक्षालयमा ३ पुसमा तालिमको लागि आएका राष्ट्रिय अनुसन्धान कार्यालय सिंहदरबारमा कार्यरत सूचक कञ्चनपुर भिमदत्त नगरपालिका–२ घर भएका ३८ वर्षीय विवेक साउदको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ७ बजे शारिरिक ब्यायाम गर्ने क्रममा एक्कासी लडी बेहोस हुँदा बिहान ८ उपचारको क्रममा मकवानपुर सहकारी अस्पतालमा विवेकको मृत्यु भएको प्रहरीको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *