माधव नेपालको गुनासो- गठबन्धनमा हामी कांग्रेस र माओवादी दुवैतिरबाट पीडित भयौं (भिडिओ) – Nepal Press

माधव नेपालको गुनासो- गठबन्धनमा हामी कांग्रेस र माओवादी दुवैतिरबाट पीडित भयौं (भिडिओ)

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कांग्रेस र माओवादी दुवै पक्षबाट आफूहरु पीडित बनेको बताएका छन् । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एउटा सीट लिनका लागि गठबन्धनमा आफूहरुले दुवैको अपमान सहनु परेको बताए ।

नेपालले भने- हामी त कांग्रेस र माओवादी दुवैबाट पीडित भयौं । कांग्रेसले पनि हामीलाई हेप्यो,माओवादीले पनि हेप्यो । हाम्रो शक्तिलाई अपमान गरे । तर कांग्रेस र माओवादीले सहयोग गरेरै कतिपय सीट जितेका छौं । त्यसैले साथ र घात दुवै पायौं ।

नेपालले माओवादीले साथ दिएको भए प्रकाश ज्वाला चुनाव नजित्ने र कांग्रेसले साथ नदिएको भए बझाङमा भानुभक्त जोशी पनि नजित्ने दृष्टान्त समेत दिए । उनले दुवै पक्षको विवादकै कारण गठबन्धन टुटेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर