प्रदेश १ : दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन तालिका सार्वजनिक – Nepal Press

प्रदेश १ : दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन तालिका सार्वजनिक

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएको छ ।

कांग्रेस प्रदेश समितिले दलको नेता छान्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । बिहीबारबाट निर्वाचन प्रक्रिया सुरू हुनेछ । १५ गते बिहान ९ देखि १० बजेसम्म मतदान समय तोकिएको छ ।

प्रदेश सभापति उद्वव थापाले निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि सर्वसम्मत नेता छान्ने अधिकतम प्रयास रहने बताए ।

उनले फेरिएको समीकरणमा कांग्रेस एक भएर अघि बढ्ने बताए । दलको नेतामा अमृत अर्याल, उद्धव थापा, केदार कार्की, भीम पराजुलीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर