बिर्तामोडमा ‘एनओजी राइड’ सम्पन्न – Nepal Press

बिर्तामोडमा ‘एनओजी राइड’ सम्पन्न

काठमाडौँ । ‘टिभिएस मोटर’ कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

शनिबार बिर्तामोड शोरुमबाट सतासीधामसम्म आयोजना भएको उक्त राइडमा सहभगीबीच अन्य खेल पनि खेलाइएको थियो । त्यसैगरी, सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै उपहार पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइडमा सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर