‘हमदर्द इन्डिया’का उत्पादन अब नेपाली बजारमा – Nepal Press

‘हमदर्द इन्डिया’का उत्पादन अब नेपाली बजारमा

काठमाडौं । हमदर्द लेवोरेटिज इन्डियाकाे ‘हमदर्द ब्राण्ड’ का उत्पादन अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता ‘लाइफ केयर डिस्टिबुटर’ र ‘प्लेनेट हेल्थ केयर’ले नेपाली बजारमा हमदर्दका उत्पादन विक्री वितरण गर्नेछन् ।

हमदर्द ब्राण्ड अन्तरगत ‘रोघन बादाम स्रिन’ , ‘कलोंन्जी ओइल’ , प्याजको बीउबाट तयार ‘ओनियन ओइल’ , कपाललाई लामो समयसम्म कालो बनाई राख्ने ‘रोघन आम्ला सधा’ गुलाबको फूलबाट बनेको शुद्ध गुलाब पानी ‘अक्र्यू ग्लब’ र प्राकृतिक पीडा राहत तेल ‘लिक्युर्ब’ लगायतका उत्पादन अब नेपालमा पनि खरिद विक्री गर्न सकिने अधिकारिक विक्रेताले जनाएका छन् ।

काठमाडौं गैह्रिधारा स्थित ‘एलिश रिसेप्सन’मा आयोजित समारोहकाबीच कम्पनीका ‘ग्लोवल विजनेश हेड’ पंकज बेनर्जीले प्रख्यात ‘युनानी’ पद्धतिमा आफ्नो ‘आइएसओ’ २२०००, एचएसीसीपी’ र ‘जीएमपी सर्टिफइड हमदर्द युनानी ब्राण्ड’ विश्वकै उत्कृष्ट ब्राण्डको रुपमा स्थापित रहेको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर