सरकारमा सहभागिताबारे छलफल गर्न जसपाले बैठक बोलायो – Nepal Press

सरकारमा सहभागिताबारे छलफल गर्न जसपाले बैठक बोलायो

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी ‘जसपा’ ले सरकारमा जाने/नजानेबारे छलफल गर्न बैठक डाकेको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पुस १८-१९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे टुंगो लगाउनेछ । त्यतिबेलासम्म संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंग्याइने बस्नेतले जानकारी दिए ।

सातदलीय गठबन्धनमा रहेको जसपाका १२ संघीय सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर