कुशलको आक्रामक ब्याटिङमा पोखराले लुम्बिनीलाई दियो १३४ रनको लक्ष्य – Nepal Press

कुशलको आक्रामक ब्याटिङमा पोखराले लुम्बिनीलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । कुशल मल्लको आक्रामक ब्याटिङमा पोखरा एभेन्जर्सले जारी नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गर्‍यो ।

१० ओभरको समाप्तिमा २७÷२ को स्थितिमा रहेको पोखराको इनिङ कुशलले सानदार ब्याटिङ गर्दै उकासेका थिए । उनले आउट हुनुअघि ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको इनिङ खेले ।

कुशलले उपुल थरंगासँग ९६रनको साझेदारी गरेका थिए । थरंगा ५१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर पभेलियन फर्किएका थिए । त्यो बाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीको बलिङमा शेड्ले भान स्कल्कवेकले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा २७ रन खचिए । किशोर महत्तोले चार ओभरमा १ मेडन राख्दै २० रन खर्चिएर दुई विकेट लिए । हर्मीत सिंह, सागर ढकाल र गुलसन झाले समान १ विकेट लिए ।

आज हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर