भक्तपुरमा आगलागीबाट पाँचमहिने शिशुको मृत्यु – Nepal Press

भक्तपुरमा आगलागीबाट पाँचमहिने शिशुको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका-६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ ।

रामेछाप दोरम्बा गाउँपालिका-१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब राजु केसीले जानकारी दिए ।

आगलागीमा परेर टाउको, अनुहार, तिघ्रा, हात, खुट्टालगायत आधा शरीर जलेकी शिशुको प्रहरीले उद्धार गरी उपचारका लागि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा लगिएकामा उपचारकै क्रममा ज्यान गएको उनले जानकारी दिए ।

आमाबुबा कोठामा नभएको र पाँचवर्षे दाजु मात्रै कोठामा रहेको बेलामा भएको आगलागीमा कोठामा रहेका सोफा र अन्य सामग्रीसमेत जलेर क्षति पुगेको उनले जानकारी दिए । आगलागी के कारण र केबाट सुरु भयो भन्नेबारेमा खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिए । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *