कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले भने- देशको अर्थतन्त्र बिग्रनुको कारण खोज्छु, सुधार गर्नेछु – Nepal Press

कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले भने- देशको अर्थतन्त्र बिग्रनुको कारण खोज्छु, सुधार गर्नेछु

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संकटमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल गर्ने बताएका छन् ।

कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा देखिएको अर्थतन्त्र व्यवस्थापनमा लाग्ने बताए ।

उनले भने, ‘संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने छु । के कारणले देशको अर्थतन्त्र के कारणले बिग्रेको हो पनि खोज्ने छु। विज्ञसँग छलफल गरेर अगाडि जाने छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर