नागरिकता विवादबारे गृहमन्त्री लामिछानेले भने- स्वतन्त्र ढंगले छानबिन गर्न दिन्छु – Nepal Press

नागरिकता विवादबारे गृहमन्त्री लामिछानेले भने- स्वतन्त्र ढंगले छानबिन गर्न दिन्छु

काठमाडौं । गृहमन्त्री रवि लामिछाने आफ्नो नागरिकता र राहदानी विवादमा स्वतन्त्र ढंगले छानबिन गर्न दिने बताएका छन् ।

सिंहदबार पुगेर कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले न्याय सम्पादन सबैलाई बराबरी हुने बताए ।
उनले भने, ‘स्वतन्त्ररुपमा सबैलाई बराबर ढंगले हेरेर न्याय सम्पादन गर्ने अधिकार हुन्छ । कसैसँग विभेद नगरी निष्पक्ष छानविन हुन्छ ।’

उनले आफूले सञ्चारकर्मी भएर काम गर्दा सबैभन्दा धेरै गृह प्रशासनको देखेपछि गृहमन्त्रायलाई रोजेको बताए ।

उनले भने, ‘मैले सञ्चारकर्मी भएर काम गर्दा नागरिकको गुनासो सुनेको गृह प्रशासनको हो । त्यसैले नागरिकको न्यायका लागि प्रहारी र गृह प्रशासनमा सुधार गर्न सकिन्छ कि भनेर मैले गृह मन्त्रालय रोजेको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *