घर खोज्दै देउवा, आज बालुवाटारमै बस्ने – Nepal Press

घर खोज्दै देउवा, आज बालुवाटारमै बस्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने भएका छन् । बुढानिलकण्ठस्थित उनको निवासमा कोठा थप्ने काम चलिरहेकाले बस्न नमिल्ने भएपछि आज बालुवाटारमै बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

देउवाले सर्नका लागि घर खोज्दै गरेको पनि बताइएको छ । आफ्नो घरमा कन्स्ट्रक्सनको कार्य भइरहेकाले उनले अन्यत्र बस्ने घरको खोजी गरेका हुन् ।

सोमबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिएसँगै देउवा बालुवाटारबाट निस्कने तयारीमा थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *