कांग्रेस लुम्बिनीको निष्कर्ष : नेतृत्वको अदुरदर्शीताले बागडोर सम्हाल्ने अवसर गुम्यो – Nepal Press

कांग्रेस लुम्बिनीको निष्कर्ष : नेतृत्वको अदुरदर्शीताले बागडोर सम्हाल्ने अवसर गुम्यो

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले आफ्नै पार्टीको नेतृत्वको अदुरदर्शिताका कारण पार्टीले पाउनै लागेको विशेष जिम्मेवारीबाट बन्चित हुनुपरेको निष्कर्ष निकालेको छ ।

बदलिँदो राजनीतिक समीकरणबारे छलफल गर्न बोलाइएको पार्टीको प्रदेश कार्य सम्पादन समितिको बैठकले यस्तो निचोड निकालेको प्रदेश सभापति अमरसिंह पुनले जनाएका छन् । बुटवलस्थित प्रदेश कार्यालयमा बसेको बैठकले कांग्रेस नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको निचोड निकालिएको हो ।

प्रदेश सभापति पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताएका छन् । अहिलेको सरकार जनादेश विपरीत बनेको र यसले नागरिकको आकांक्षा पूरा गर्न नसक्ने पनि उनले दाबी गरेका छन् ।

बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ । प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहणलगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर