सिके राउतले मागे तीन मन्त्रालय – Nepal Press

सिके राउतले मागे तीन मन्त्रालय

जनकपुरधाम । सरकारमा सहभागी हुने निर्णय गरेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तीन मन्त्रालयमा दाबी गरेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खानले कृषि, सहरी विकास र उद्योग मन्त्रालयमा दाबी रहेको बताए । उनले भने, ‘हाम्रो दाबी त तीन मन्त्रालय दिनुपर्छ भन्नेमा छ । अहिले सहमति भने भइसकेको छैन । छलफल जारी छ ।’

पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने जिज्ञासामा उनले भने– अहिले यो विषयमा टुङ्गो लाग्न सकेका छैन । हामी छलफलमै छौं ।’ तर केहि दिनअगाडि अध्यक्ष डा। राउतले भने सरकारमा आफैं पनि जानसक्ने बताएका थिए ।

जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । सो पार्टीको मधेश प्रदेशमा १३ सांसद र संघमा ६ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर