सांसदसहितलाई राखेर कारागारभित्रै रेशम चौधरीको बैठक – Nepal Press

सांसदसहितलाई राखेर कारागारभित्रै रेशम चौधरीको बैठक

कैलाली । डिल्लीबजार कारागारमा रहेको रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता तथा सांसदहरूलाई छलफलका लागि बोलाएका छन् ।

१० बजे डिल्लीबजार कारागारमा रेशम चौधरीले प्रतिनिधि तथा सदस्य, प्रदेश सभा सदस्य तथा पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्न बोलाएका हुन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

त्यस बाहेक सरकारका अन्य बिषयमा अहिले सम्म छलफल भएको छैन । केन्द्र र प्रदेश सरकारमा सहभागी हुने लगायतका बिषयमा छलफल गर्न चौधरीले कारागार बोलाएको एक नेताले बताए ।

‘हामीले हिजो प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन ग¥यौँ त्यसबाहेक अन्य कुरामा आज छलफल हुन्छ ।’  ती नेताले भने। सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पनि कारागार भित्रै छलफल हुने छ ।

आफ्ना मागहरू सम्बोधन नभए सरकारमा सहभागी नहुने परिस्थिति पनि आउन सक्ने भनाइ छ । अहिले नागरिक उन्मुक्तिले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व दाबी गरिरहेको छ ।

उक्त पार्टीले प्रतिनिधि सभामा ३ सिट जितेको छ । बर्दिया २ बाट स्वतन्त्र जितेका रेशम चौधरीका बुवा लालवीर चौधरीले पनि नागरिक उन्मुक्ति रोजिसकेका छन् । यता प्रदेश तर्फ सुदूरपश्चिममा ७ ,लुम्बिनीमा चार र मधेस प्रदेशमा एक जना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर