हिमआँधीले अमेरिकी जनजीवन कष्टकर, ३० जनाको मृत्यु – Nepal Press

हिमआँधीले अमेरिकी जनजीवन कष्टकर, ३० जनाको मृत्यु

न्युयोर्क । अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् ।

हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वी राज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरू बरफ र हिउँले घेरिएका घरहरूमा फसेका छन् ।

८ राज्यहरूमा मौसम–सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ, केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन् ।

आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

बरफ र हिउँले सडक, पुल, घर तथा बाहिर पार्किङ गरेर राखेका घर ढाकेका छन् ।

केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर