नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ दूतावासले दियो बधाई – Nepal Press

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ दूतावासले दियो बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष नेपालको ४४ औं प्रधानमन्त्री बनेकोमा नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको छ ।

दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । दूतावासले लेखेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’

प्रचण्डलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले १७० जना सांसदहरुको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनको भोलि अपराह्न ४ बजे सपथ ग्रहण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर