बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोट प्रस्थान – Nepal Press

बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोट प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानकारी दिएर प्रचण्ड बालकोटतर्फ हिँडेका हुन् । केहीबेरमा दुईनेताबीच भेटघाट हुने तय भएको छ ।

माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ ।

हिजोमात्र ओलीले प्रचण्ड प्रधानमन्त्री बन्न ढिलाई गरेको बताएका थिए ।


प्रतिक्रिया

One thought on “बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोट प्रस्थान

  1. अवे पत्रकार यस्तो अशुद्ध लेख्नु हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर