नेपाल टी-२० : लुम्बिनीविरुद्ध टस जितेर फिल्डिङमा विराटनगर – Nepal Press

नेपाल टी-२० : लुम्बिनीविरुद्ध टस जितेर फिल्डिङमा विराटनगर

काठमाडौं । नेपाल टी-२० लि अन्तर्गत आफ्नो पहिलो खेलमा विराटनगर सुपर किङ्सले लुम्बिनी अलस्टार्सविरूद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा लुम्बिनी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रँदै छ ।

लुम्बिनीले पहिलो खेलमा फारवेस्ट्रन युनाइटेडलाई ६७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरूआत गरेको थियो ।

लुम्बिनी विराटनगरलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

यस्तै, वेस्टईन्डिजका खेलाडी आन्द्रे माकार्थीको कप्तानीमा रहेको विराटनगर पनि उपाधि दाबेदार टिम लुम्बिनीलाई पराजित गर्दै सुखद सुरूआत गर्न चाहन्छ ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *