एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल र पाठकको चर्चा – Nepal Press

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल र पाठकको चर्चा

कैलाली । सुदूरपश्चिममा एमाले प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल र धर्मराज पाठकको चर्चा सुरु भएको छ । रावल एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हुन् भने पाठक प्रदेश सचिव हुन् । दुबै जना समानुपातिक मार्फत प्रदेश सभा सदस्य हुन् ।

उसो त केन्द्रीय सदस्य सन्तोष शर्मा थापा पनि प्रदेश सभा सदस्य छिन् । उनको चर्चा भने त्यति छैन । शर्मालाई यस अघि राष्ट्रिय सभा सदस्यमा पनि पार्टीले अघि सारेको थियो ।

सिनियारिटीले रावल, शर्मा र पाठक भए पनि यस पटक रावल र पाठक मध्ये एक संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको एमाले नेताहरूको दाबी छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेका प्रत्यक्ष तर्फका ३ जना र समानुपातिक तर्फबाट ७ जना गरी १० जना प्रदेश सभा सदस्य छन् । प्रदेश सभा सदस्यहरूको लागि १५ गते पद तथा गोपनीयताको शपथ ग्रहणको तयारी भइरहेको छ । त्यो भन्दा अघि नै दलको नेता छनोट हुन सक्ने प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उनका अनुसार आज भोलिमै प्रदेश समितिले यस विषयमा छलफल अघि बढाउने छ र संसदीय दल भित्रै नेता छनोट गरिने छ । ‘हामी आज भोलि नै यस विषयमा छलफल अघि बढाउँछौँ’ उनले भने ‘शपथ ग्रहण भन्दा पहिले नै नेता छनोट गर्ने तयारी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर