सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट र गुरु उपन्यासलाई पहिचान पुरस्कार – Nepal Press

सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट र गुरु उपन्यासलाई पहिचान पुरस्कार

काठमाडौं । पहिचान पुरस्कार कोषले २०७८÷२०७९ को पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

लालीगुराँस नगरपालिको नगरप्रमुख समेत रहेका माबोहाङ लिम्बु जातीको विषयमा खोज अनुसन्धानमा सक्रिय छन् ।

उनी मुन्धुम दर्शनको अध्येता पनि हुन् । अमित थेवे मिहाङ हाल रोजगारीको लागि बेलायतमा रहेका छन् । उनी युवा कवि, पत्रकार र सामाजिक अभियन्ता हुन् ।

उनीहरूको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो, ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ । धरानको विजपुरमा क–कस्ले राज्य गर्‍यो र शेनवंशीहरुको उदय कसरी भयो भन्ने विषय पुस्तकमा समेटिएको छ ।

कविता राई शिक्षक हुन् । उनी कविता र आख्यान लेख्छिन् । गुरु उपन्यास सरल गाउँले जनजिब्रोमा जोडिएको भाषा शैलीमा लेखिएको छ । विशेष गरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ । पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मको कथा र कथाका पात्राहरू जोडिएका छन् ।

संस्थाले जनाए अनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ ।

चैत्र ५ गते ‘काव्य मुन्दुम पथ यात्रा’ गर्ने तयारी गरेको संस्थाले पाहुनाहरूलाई खान र बस्नको लागि निःशुल्क व्यवस्था गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर