अमेरिकाका विभिन्न शहरबाट नेपाली दूतावासकाे राजश्व लुटपाट, अनुसन्धानमा सहयोग गर्न अपील – Nepal Press

अमेरिकाका विभिन्न शहरबाट नेपाली दूतावासकाे राजश्व लुटपाट, अनुसन्धानमा सहयोग गर्न अपील

काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले गत डिसेम्बर १५ देखि २० सम्म अमेरिकी शहर टेक्सस, डालस र अस्टिनमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले बुझाएको सेवा शुल्क लुटपाट भएको छ ।

दूतावासका कर्मचारीहरु डिसेम्बर २२ मा हुस्टन बाट वाशिङ्गटन जाने क्रममा पार्किङमा राखिएको सवारीसाधनबाट उक्त रकम लुटपाट भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार दूतावासबाट उक्त लुटपाट सम्बन्धी जानकारी आवश्यक सम्पूर्ण निकायहरुमा गराईसकिएको छ भने नेपाल सरकारको लुटिएको राजस्व फिर्ता गराउन सम्पूर्ण नागरिकहरुले यथासक्य सहयोग गर्नका निमित्त पनि अपिल गरिएको छ ।

साथै सेवाग्राहीहरु सेवा प्राप्त गर्नका निमित्त पेश गरेका मनी अर्डर वा क्यासियर चेक सम्भव भएसम्म रद्द गर्नका लागि पनि दूतावासले आग्रह गरेको छ । रद्द गर्न सम्भव भएको सन्दर्भमा दुतावासको नाममा नयाँ मनी अर्डर वा क्यासियर चेक बनाई आवेदकको नाम ठेगना , पास्पोर्ट आईडी लगायतका विवरण सहित सेवा लिएको शहर खुल्ने गरी दूतवासको ठेगनामा पठाइदिन पनि अनुरोध गरिएको छ ।

यस्तै रद्द गर्न सम्भव नभएको अवस्थामा आफुले पेश गरेको क्यासियर चेक वा मनिअर्डरको उल्लेखित विवरण [email protected] मा पठाइदिन अपिल गरिएको छ ।

साथै मनी अर्डर वा क्यासियर चेक क्यास भएको पाइएमा उक्त रकम कसले क्यास गरेको हो भन्ने विवरण पनि दूतावासलाई उपलब्ध गराइदिन सेवाग्राहीहरुलाई आग्रह गरिएको छ ।

पत्रचार गर्ने सम्पूर्ण विवरण तल उल्लेखित सुचनामा समावेश छन्

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर