कृषि बैंकका सीईओ उपाध्यायको कार्यकाल सकियो – Nepal Press

कृषि बैंकका सीईओ उपाध्यायको कार्यकाल सकियो

काठमाडौं । कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको कार्यकाल सकिएको छ । योसँगै उनी बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको अध्यक्षबाट बाहिरिएका छन् ।

अध्यक्ष बाहिरिएसँगै केही दिनका लागि आफू कार्यवाहक अध्यक्ष भएको उपाध्यक्ष सुनिल केसीले नेपाल प्रेसलाई जानकारी दिए। केसी एनएमबी बैंकका सिइओ हुन् । केसीले अर्को अध्यक्ष चयन नभएसम्मका लागि कार्यवाहक अध्यक्षको भूमिका आफूले निभाउने बताए ।

शुक्रबार बसेको संघको बैठकले एनएमबि बैंकका सीईओ केसीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उपाध्यायको कृषि विकास बैंकको कार्यकाल नविकरण नहुने भएपछि संघको अध्यक्षबाट बाहिरिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर