पाल्पाको सिद्धबाबा दर्शनमा राष्ट्रपति भण्डारी (तस्बिरहरु) – Nepal Press

पाल्पाको सिद्धबाबा दर्शनमा राष्ट्रपति भण्डारी (तस्बिरहरु)

रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ मा रहेको सिद्धबाबा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुजाआजा गरेकी छन् ।

बिहीबार दिउँसो बुटवलमा प्रदर्शनी उद्घाटन कार्यक्रम सकेर उनी पाल्पामा रहेको सो मन्दिरमा पूजाआजा तथा दर्शनका लागि पुगेकी हुन् । मन्दिर विकास समिति, तिनाउ गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पाल्पाले संयुक्तरुपमा स्वागत गरेका थिए ।

मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले मन्दिरको गरिमा र महिमाका बारेमा राष्ट्रपतिलाई अवगत गराएका थिए । साथै राष्ट्रपतिले मन्दिर विकास समितिको निम्तो स्वीकार गरी पूजाआजा र दर्शन गर्न पाउँदा आफू खुशी भएको बताउँदै मन्दिर विकास समितिप्रति आफू आभारी रहेको बताइन् ।

कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठले मन्दिरको विषयसहित विविध विषयमा प्रकाश पारेका थिए । मन्दिर विकास समिति र तिनाउ गाउँपालिकाको तर्फबाट राष्ट्रपति ज्यूलाई मायाको चिनो स्वरुप पाल्पाली ढाका तथा करुवा प्रदान गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर