कांग्रेस वागमती दलकाे नेतामा जुटेन सहमति, पुस १३ गते चुनाव – Nepal Press

कांग्रेस वागमती दलकाे नेतामा जुटेन सहमति, पुस १३ गते चुनाव

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हेटौँडामा हुने भएको छ । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै पुस १३ गते हेटौँडामा निर्वाचन हुने जानकारी गराएको हो ।

निर्वाचन समितिका संयोजक चन्द्र महर्जन निर्वाचन कार्यतालिका र्साजनिक गर्दै प्रदेश कार्यालय हेटौँडामा निर्वाचन हुने जानकारी गराएका हुन् ।

कार्यतालिका अनुसार पुस १२ गते मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो ४ बजे अन्तिम नमावली प्रकाशन, पुस १३ गते बिहान १० बजे उम्मेदवारको नामावली प्रकाशन तथा सोही दिन दिउँसो २ बजेबाट ३ बजेसम्म मतदान कार्यक्रम तय गरिएको छ । परिणाम पनि १३ गते मतदान पश्चात गरिने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

वागमती प्रदेशमा सस्थान पक्षका बहादुर लामा तथा इन्द्रबहादुर बानियाबीच प्रतिस्पर्धा हुने करिब निश्चित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर