मधेश प्रदेश : ज्येष्ठ सदस्य न्यौपाने, तर सांसदहरुको शपथ कलवारले गराउने – Nepal Press

मधेश प्रदेश : ज्येष्ठ सदस्य न्यौपाने, तर सांसदहरुको शपथ कलवारले गराउने

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य शारदा शंकरप्रसाद कलवारले शपथ गराउने मौका अवसर पाएका छन् ।

प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ४६ र समानुपातिक ४३ निर्वाचित सांसदमध्ये गोविन्द बहादुर न्यौपाने ज्येष्ठ सदस्य हुन् । नेकपा एकिकृत समाजवादीका न्यौपाने सप्तरी ४ (१) बाट निर्वाचित भएका छन् ।

७१ वर्षीय न्यौपानेले संवैधानिक व्यवस्थाअनुसार सांसदहरुको शपथ गराउने थियो । तर क्यान्सर रोगसँग लडिरहेका उनी अस्पतालमा उपचाररत रहेकाले कलवार शपथग्रहण गराउने मौका पाउने भएका छन् । कलवारको उमेर ७० वर्ष रहेको छ ।

संसद सचिवालयका सचिव रञ्जित यादवका अनुसार साँसदहरुको शपथ कलवारले गराउने पुष्टि गरे । उनका अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई गराउने र त्यसपछि कलवारले अन्य साँसदहरुको शपथ गराउने बताए ।

बारा २ (१) बाट निर्वाचित कलवार स्वतन्त्र सांसद हुन् । ०७४ मा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर विजयी भए ।

शपथ ग्रहणको मिति अहिले तय नभएको प्रदेशसभा संसद सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर