राष्ट्रपति निर्वाचक मण्डलको मतभार बढ्यो- संघीय सांसद र प्रदेशसभा सदस्य कसको कति ? – Nepal Press

राष्ट्रपति निर्वाचक मण्डलको मतभार बढ्यो- संघीय सांसद र प्रदेशसभा सदस्य कसको कति ?

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेश सांसदको मतभार बढेको छ । २०७४ को प्रतिनिधिसभाका सदस्य तथा प्रदेशसभा सदस्यको भन्दा यस पटकका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतभार बढेको हो ।

यस पटक संघीय सांसदको मतभार ८७ पुगेको छ । प्रदेश सांसदको मतभार भने ५३ पुगेको छ । यसअघि २०७४ मा संघीय र प्रदेश सांसदको मतभार क्रमशः ७९ र ४८ थियो । यस पटक संघीय सांसदको मतभार ८ र प्रदेश सांसदको मतभार ५ अंकले बढेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार संघीय सांसद र प्रदेश सांसदको मतभार बढेको हो । २०६८ को भन्दा २०७८ को जनगणनामा नेपालको जनसंख्या १०.९३ प्रतिशतले बढेको छ । जनसंख्या २६ लाख ९७ हजार ९७६ ले बढेसँगै सांसदको मतभार पनि बढेको हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । अहिले बढेर नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर