कलाकारिताबाट आएका एक्ला सांसद असिमले लिए शपथ – Nepal Press

कलाकारिताबाट आएका एक्ला सांसद असिमले लिए शपथ

काठमाडौं । बिहीबार फिल्म निर्माता तथा निर्देशक असिम शाहले प्रतिनिधिसभा सदस्यको रुपमा बानेश्वरस्थित संघीय संसद भवन पुगी सपथ ग्रहण गरेका छन् । सांसदको सपथ लिन बुवासँग संसद भवन पुगेका उनी यो वर्ष चलचित्र क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बन्ने एक्ला व्यक्ति हुन् ।

मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको चुनावमा यसपटक कलाकारिता क्षेत्रबाट थुप्रै कलाकारहरुले उम्मेदवारी दिएका थिए । तर सोचेजस्तो मत परिणाम नआएपछि प्रतिनिधिसभा सदस्य बनी संसद भवन छिर्ने सपना सबैको अधुरो नै रह्यो ।

असिम भने मुस्लिम समुदायबाट राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चुनिएका हुन् । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै बिहीबार उनी राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर संसद भवन छिरेका थिए ।

असिम चर्चित अभिनेता, निर्देशक तथा निर्माता असिफ शाहका भाइ हुन् । असिमले निर्देशन गरेको फिल्म ‘दुई रुपैयाँ’ र ‘कर्कश’ले नेपाली दर्शकमाँझ राम्रो छाप छोडेको थियो। उनले केही समय अगाडीमात्र आफ्नै कम्पनी ‘जी-ट्वान्टीवान प्रोडक्सन’ बाट बन्न लागेको नयाँ चलचित्र ‘डामाडोल’को निर्देशकिय जिम्मा लिएका थिए। तर सांसद बनेपछि उनले सो जिम्मा भाई असिफलाई दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर