पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको प्रदर्शन उडान – Nepal Press

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको प्रदर्शन उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न भएको छ । विमानस्थलमा आज यती एअरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

एयरलाइन्स दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भरेर पोखरा उपत्यकालाई एक फन्को मारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ तर्फबाट २ः२७ मा अवतरण भएको थियो। ९ एन-एएनसी कल साईन भएको एटिआर–७२ विमान पहिलो पटक विमानस्थलमा अवतरण गर्दा उपस्थित सबैले ताली बजाएर स्वागत गरेका थिए । विमानलाई वरिष्ठ तथा प्रशिक्षक चालकहरु क्या. प्रमोदराज पौडेल र क्या. कमल केसीले उडाएका थिए ।

प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनेको र आवसश्यक सम्पूर्ण यन्त्र उपकरण जडान भएको विमानस्थलबाट आगामी दिनमा सेवा दिन पाउनु सबै वायुसेवाको लागि खुसिको कुरा रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ ।

प्रदर्शन उडानमा पोखराका पर्यटन व्यवसायी, उद्योगी, निजी क्षेत्रका प्रतिनिधि, पत्रकारहरु तथा नागरिक उड्ड्यन प्राधिकरण का अफिसियल लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर