मधेशका मन्त्री साहले राजीनामा नदिइ लिए संघीय संसदको शपथ – Nepal Press

मधेशका मन्त्री साहले राजीनामा नदिइ लिए संघीय संसदको शपथ

जनकपुरधाम । मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले पनि मन्त्री पदबाट राजीनामा नदिएरै प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

सप्तरी क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा साह जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट निर्वाचित भएका हुन् । ०७४ मा सप्तरी १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी मधेशमा मन्त्री छन् ।

आज ज्येष्ठ अन्य साँसदहरुसँगै ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिए । शपथ लिएसँगै उनी दोहोरो भूमिकामा देखिने छन् ।

०७४ मा साह तत्कालिन राजपाबाट निर्वाचित भएका थिए । तर राजपा र जसपा एकीकरण भयो र केहि दिनमै महन्थ ठाकुर अलग भएपछि मन्त्री पद जोगाउन उनी जसपामै बसे ।

साह मन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने भाग्यशाली मध्येका एक हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर