फ्रान्सका पूर्व फुटबलर रामीले भने- मार्टिनेज फुटबलका सबैभन्दा घृणित व्यक्ति – Nepal Press

फ्रान्सका पूर्व फुटबलर रामीले भने- मार्टिनेज फुटबलका सबैभन्दा घृणित व्यक्ति

काठमाडौं । फ्रान्सका पूर्व डिफेन्डर आदिल रामीले अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजलाई फुटबलको सबैभन्दा घृणित व्यक्तित्वको संज्ञा दिएका छन् ।

कतारमा हालै सम्पन्न विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

उपाधि जितेपछि मार्टिनेजले अर्जेन्टिनामा विजय उत्सब मनाउने क्रममा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेको रोहिरहेको फोटो गुडियामा टाँसेर बोकेका मार्टिनेजले उनलाई ट्रोल गरेका थिए ।

उनले बोकेको त्यो पोस्टरको विश्वसमर्थकमाझ ठूलै आलोचना भइरहेको छ । त्यत्ति मात्रै हैन अर्जेन्टिनामा समर्थकले एम्बाप्पेको फोटो समेत जलाएका थिए ।

त्यसैको आक्रोशमा उनले इन्स्टाग्राममा फ्रन्चमा रामीले लेखेका छन्,‘मार्टिनेज फुटबलका सबैभन्दा घृणित पात्र,’।

यस्तै, उनले अर्को स्टोरीमा मोरक्कोका गोलकिपर बुनोउको फोटो राख्दै ‘गोल्डेन ग्लभ’ उनी हुन् भनेर लेखेका छन् । यसको मतलब रामी मार्टिनेजले गोल्डेन ग्लभ पाएकोमा पनि सन्तुष्ट देखिएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर