शपथपछि माधवले भने- गठबन्धनमा सरकारबारे छलफल भएको छैन (भिडिओ) – Nepal Press

शपथपछि माधवले भने- गठबन्धनमा सरकारबारे छलफल भएको छैन (भिडिओ)

‘नेपाली राजनीतिले खोजेको भूमिकाअनुसार अघि बढ्छु’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताएका हुन् । उनले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने जानकारी दिए ।

त्यस्तै, राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए । पद बाँडफाँटका विषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ ।

उनले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षाअनुसार आफू अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर