गगनको प्रस्ताव- ह्वीपको गलत प्रयोग भयो, क्रस पार्टी अभ्यास पनि थालौं (भिडिओ) – Nepal Press

गगनको प्रस्ताव- ह्वीपको गलत प्रयोग भयो, क्रस पार्टी अभ्यास पनि थालौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै विषयमा पार्टीले ह्वीप लगाउनु नपर्ने बताएका छन् । अहिलेसम्म संसदमा ह्वीपको लगत अभ्यास हुँदै आएको उल्लेख गर्दै थापाले सांसदहरू विधायकको रूपमा काम गर्नबाट चुकेको बताए ।

उनले भने, ‘हामीकहाँ ह्वीपको गलत अभ्यास भएको छ । सांसदहरूको विधायकको रूपमा काम गर्न चुक्छौँ । क्रस पार्टी काम गर्दैनौँ ।’

शपथग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले संसदमा क्रस पार्टी काम गर्ने अभ्यासको सुरवातत गर्दै नयाँ सांसदहरूसँग मिलेर गर्नुपर्ने धेरै कामहरू रहेको बताए ।

उनले सरकारलाई सदनसँग डर र भर हुने अवस्था सिर्जना गर्नुपर्ने पनि उल्लेख गरे । सार्वभौम थलो सदनले उठाएका प्रश्नमा सरकार जवाफदेही नहुने अभ्यासको अन्त्य गर्नुपर्ने थापाको भनाई छ ।

उनले राष्ट्रपतिको भूमिका सन्तुलित नभएको भन्दै असन्तुष्टि जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर