जसपा सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने – Nepal Press

जसपा सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् ‌।

शपथ ग्रहण गर्न संसद् भवन पुग्न लागेका बेला सांसद यादवले भोजपुरी भाषामा शपथ लिने कुरा सामाजिक सञ्जालमा लेखेका हुन् ।

उनले धोती, कुर्ती र पगरी लगाएको फोटो समेत सामाजिक सञ्जालमा राखेका छन् । मधेसको पहिचान तथा पहिरन झल्काउने धोती, कुर्ता, पगरी र गम्छा लगाएर भोजपुरी भाषामा शपथ लिने उल्लेख गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका यादव पर्सा क्षेत्र नम्बर १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर