सुदूरपश्चिममा नवनिर्वाचित सांसदलाई १५ गते शपथ गराएर १८ गते संसद् सुरु गर्ने तयारी – Nepal Press

सुदूरपश्चिममा नवनिर्वाचित सांसदलाई १५ गते शपथ गराएर १८ गते संसद् सुरु गर्ने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी १५ गते नव निर्वाचित प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने विषयमा छलफल भएको छ ।

प्रदेश प्रमुख देव राज जोशी र प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटी बिच १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने र १८ गते पहिलो अधिवेशन सुरु गर्ने विषयमा छलफल भएको हो ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा मानबहादुर रावललाई शपथ गराउने छन् । नेपाली काँग्रेसका रावल अछाम २९२० बाट निर्वाचित भएका थिए । १५ गते प्रदेश प्रमुख जोशीले सबै भन्दा पहिले रावललाई शपथ गराउने र त्यसपछि रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यहरूलाई शपथ गराउने छन् ।

अहिले सबैजसो प्रदेश सभा सदस्य काठमाडौँ रहेको हुँदा शपथ ग्रहणको मिति परक पर्न सक्ने समेत प्रदेश प्रमुख कार्यालयले जनाएको छ। तर, अहिले सम्म १५ गते शपथ गराएर १८ गते संसद् सुरु गर्ने विषयमा करिब सहमति भइसकेको प्रदेश प्रमुख कार्यालयको स्रोतले जनाएको छ ।

यता प्रदेश सचिव बोगटीले पनि यस विषयमा छलफल भएको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर