राजेन्द्र लिङदेनले अस्पताल पुगेर भेटे माधव नेपाललाई – Nepal Press

राजेन्द्र लिङदेनले अस्पताल पुगेर भेटे माधव नेपाललाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्पतालमा पुगेर भेटेका छन् ।

बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई भेट्न लिङदेन त्यहाँ पुगेका हुन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

यसैबीच नेकपा एसका सहमहामन्त्री गंगारत्न तुलाधरले अध्यक्ष नेपालको स्वास्थ्य सुधारोन्मुख भएको पनि जानकारी दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर